
मिति: २०८२/०२/२६
समय: दिउँसो ३:०० बजे
स्थान: काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका–४, रानीपाटी पानीट्याङ्की नजिक
प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा सो स्थानमा जुवा तास खेल्ने कार्य भइरहेको जानकारी पाइएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले छापा मार्दा घटनास्थलमा आठ जना व्यक्तिहरूलाई जुवा तास खेल्दै/खेलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरू:
- उषा थापा (उमेर ३२)
स्थायी ठेगाना: रेसुङ्गा गाउँपालिका–८, गुल्मी
हाल: नागार्जुन नगरपालिका–४, रानीपाटी, काठमाडौं
- राजकुमार शाही (उमेर ५८)
ठेगाना: नागार्जुन नगरपालिका–६, रामकोट, काठमाडौं
- सन्तोष तामाङ (उमेर २६)
स्थायी ठेगाना: थाहा नगरपालिका–१२, मकवानपुर
हाल: काठमाडौं महानगरपालिका–१३, कालिमाटी
- दुर्गा बहादुर तामाङ (उमेर ३६)
स्थायी ठेगाना: वडा नं. ११
हाल: वडा नं. १३, काठमाडौं
- तुलराम थिङ (उमेर २४)
स्थायी ठेगाना: वडा नं. ८
हाल: जडिबुटी, वडा नं. ३२, काठमाडौं
- मन कुमार केरुङ लिम्बु (उमेर ३४)
स्थायी ठेगाना: फालिलुङ गाउँपालिका–७, पाँचथर
हाल: कंलकी, वडा नं. १४, काठमाडौं
- धन बहादुर भोलन (उमेर ३५)
स्थायी ठेगाना: हरिहरपुरगढी गाउँपालिका–८, सिन्धुली
हाल: स्वयम्भू भगवानपाँउ, वडा नं. १५, काठमाडौं
- राजकुमार तामाङ (उमेर २६)
स्थायी ठेगाना: बेलकोटगढी नगरपालिका–६, नुवाकोट
हाल: कालिमाटी, वडा नं. १३, काठमाडौं
पक्राउ गरिएको सामग्रीहरू:
नगद नेपाली रूपैयाँ १,१०,६३०।– (एक लाख दश हजार छ सय तीस)
तासका तीन बुक
पक्राउ परेका सबै व्यक्तिहरूलाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ (पाँच) दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।





