एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको तयारी



काठमाडौं, जेठ २६

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा हुने १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप आगामी जेठ २७ देखि ३१ गतेसम्म सातदोबाटोस्थित संघको एकेडेमी हलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशका टिमले सहभागिता जनाउनेछन्। ती टिमलाई दुई समूहमा विभाजन गरिएको छ —

पुल ए: गण्डकी, लुम्बिनी, मधेश

पुल बी: बागमती, कोशी, कर्णाली

प्रतियोगिता लिग कम नकआउट प्रारूपमा हुनेछ, जसअन्तर्गत प्रत्येक पुलबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रत्येक टिममा चार खेलाडी रहनेछन्।

महिला टिम इभेन्ट्समा बागमती, गण्डकी र कोशी प्रदेशले सहभागिता जनाएका छन्। यस विधामा लिग चरणको शीर्ष स्थान हासिल गर्ने टिमले उपाधि जित्नेछ।

बागमती प्रदेशलाई पुरुष तथा महिला दुवैतर्फ उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ।

पुरुषतर्फ: नेपालका शीर्ष स्क्वास खेलाडी अरहन्त के सिम्ह र पासाङ ब्लोन बागमतीबाट प्रतिस्पर्धा गर्दै छन्।

महिलातर्फ: नेपालकी नम्बर एक विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ बागमती टोलीमा छन्।

प्रतिक्रिया दिनुहोस्