थ्री बाइ थ्री बास्केटबल: कोशी र बागमती च्याम्पियन



यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत भएको थ्री बाइ थ्री बास्केटबलमा कोशी (छात्र) र बागमती (छात्रा) प्रदेशले उपाधि जितेका छन्।

राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गर्दै च्याम्पियन बनेको हो। लुम्बिनी तेस्रो स्थानमा रह्यो।

छात्रा फाइनलमा बागमतीले कर्णालीलाई १५–३ को फराकिलो अन्तरले पराजित गर्‍यो। कोशी छात्रा टोली तेस्रो स्थानमा रह्यो।

विजयी टोलीहरूलाई राखेप कार्यकारी समितिकी सदस्य तथा प्रतियोगिता संयोजक रञ्जना प्रधान, विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की र नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले पुरस्कार वितरण गरे। प्रतियोगितामा छात्र÷छात्रा दुवै तर्फ ७–७ प्रदेशका टिमले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्