
काठमाडौँ, जेठ २५ गते।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुन स्विट्जरल्यान्ड प्रस्थान गर्नु अघि आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो।

उक्त फोरम आगामी बुधबार र बिहीबार लुजेन सहरमा आयोजना हुँदैछ। बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस तथा कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो।





