ब्रिटिस ओपनमा सरिनाको स्वर्ण



युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा सम्पन्न डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपालकी सरिना घलेले स्वर्ण पदक जितेकी छन्। उनले चाइनिज क्रिएटिभ फम तर्फको स्पर्धामा स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।

हाल युकेमै मास्टर्स अध्ययनरत सरिनाले यसअघि गत फेब्रुअरी ९ मा भएको डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन्।

उमा कुङफुकी तेश्रो डान सरिनाले आगामी सेप्टेम्बर १८ देखि २१ सम्म युकेमै हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्