डा. विनय दाहाल र मुक्ता पान्डेको युगल गीत ‘सहीछाप’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं ।
मुक्ता एन्ड विनय क्रिएसनको पहिलो प्रस्तुति स्वरूप एक रोमान्टिक डान्सिङ गीत ‘सहीछाप’ सार्वजनिक भएको छ। गीतमा डा. विनय दाहाल र मुक्ता पान्डेले युगल स्वर दिएका छन्। यस गीतका शब्द डिपी खनालले लेखेका हुन् भने संगीत देवेन्द्र बरालको रहेको छ। विश्व अधिकारीले गीतलाई एरेञ्ज गरेका छन्।

संगीत भिडियोमा पछिल्लो समय चर्चामा रहेका जोडी सुरेश कोहली र सजना गुरुङले अभिनय गरेका छन्। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

लामो समयदेखि अमेरिकामा बसेर चिकित्सकका रूपमा क्रियाशील डा. विनय र अधिवक्ताको पेसामा रहेकी मुक्ता गायनमा पनि सक्रिय हुँदै आएका छन्। यस गीतमार्फत उनीहरूले संगीत क्षेत्रमा आफ्नो विशेष उपस्थिति जनाउने प्रयास गरेका छन्।

यसअघि सामाजिक सञ्जालमार्फत विभिन्न कभर गीत प्रस्तुत गर्दै चर्चामा आएकी मुक्ता पान्डेले यो आधिकारिक गीत ‘सहीछाप’ पनि दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरेकी छिन्।

नेपाली गीत–संगीतको उन्नतिमा टेवा पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेका डा. विनय र मुक्तालाई यस नयाँ सिर्जनाको लागि धेरै धेरै शुभकामना।

भिडियो हेर्नुहोस्:
📺 ‘सहीछाप’ – आधिकारिक म्युजिक भिडियो

https://m.youtube.com/watch?v=eGXvOAKN7F8

प्रतिक्रिया दिनुहोस्