
काठमाडौं, जेठ २२
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले कीर्तिमानी प्रदर्शन गर्दै ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
गोकर्ण गल्फ क्लबमा आयोजित ५४–होलको तीन दिने प्रतिस्पर्धामा उनले कुल २०–अन्डर १९६ को स्कोर बनाउँदै १० स्ट्रोकले राहुल विश्वकर्मालाई पछि पारे। यो स्कोरले अघिल्लो १८–अन्डरको राष्ट्रिय कीर्तिमानसमेत तोड्यो। सदभावले व्यक्तिगत र टिम दुबैतर्फ स्वर्ण जिते।
अन्य प्रमुख नतिजाहरू:
पुरुषतर्फ:
दोस्रो: राहुल विश्वकर्मा – १०–अन्डर २०६ (काउन्ट ब्याकमा)
तेस्रो: सुमित कोटवाल (भारत) – १०–अन्डर २०६
टिम विजेता: नेपाल ‘ए’ (सदभाव र राहुल) – २४–अन्डर २६४
महिलातर्फ:
प्रथम: अनन्थी विवेक (भारत) – इभन–पार २१६
दोस्रो: दिया क्रिस कुमार (भारत) – १९–ओभर २३५
तेस्रो: तारा कार्की चित्रकार (नेपाल) – २५४
यू–१६ वर्ग:
प्रथम: भिभान उभयाकर (भारत) – १–अन्डर २१५
दोस्रो: प्रिन्स बैंस्ला (भारत) – ५–ओभर २२१
तेस्रो: रूबेन थापा (नेपाल) – १३–ओभर २२९
टुर्नामेन्टमा नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलंकाका गरी ५७ खेलाडीको सहभागिता रहेको थियो। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ ¥याङ्किङ (WAGR) द्वारा मान्यता प्राप्त हो।
पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।





