चेयरम्यान कप चेसमा बाँसबारी माविको उत्कृष्टता



काठमाडौं, जेठ २२

काठमाडौं महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपमा बाँसबारी मावि च्याम्पियन बनेको छ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सम्पन्न प्रतियोगितामा बाँसबारीले कुल ७६ अंक जोड्दै उपाधि हात पार्‍यो। नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित दोस्रो, जबकि महेन्द्र राष्ट्रिय मावि ३२ अंकका साथ तेस्रो स्थानमा रह्यो।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सम्पन्न दुई दिने र्यापिड चेस प्रतियोगितामा २० विद्यालयका ३१९ खेलाडीले ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

व्यक्तिगततर्फका मुख्य नतिजाहरू यसप्रकार छन्:

कक्षा १–४ गल्र्स:

प्रथम: सिमरन कार्की (बाँसबारी) – ४ अंक

द्वितीय: सुप्रिया मोक्तान (बाँसबारी) – ३ अंक

तृतीय: सन्ध्या कुमारी शाह (धुम्रवाराही) – ३ अंक

कक्षा १–४ ब्वाइज:

प्रथम: आयम सुवेदी (मेरिडियन) – ५ जित

द्वितीय: अर्णव मानन्धर (एनसीसीएस) – ४ अंक

तृतीय: श्रेयांश सापकोटा (एनसीसीएस) – ४ अंक

कक्षा ५–८ गल्र्स:

प्रथम: आराध्य गुप्ता (एनसीसीएस) – ५ अंक

द्वितीय: समिक्षा नेपाल (धुम्रवाराही) – ४.५ अंक

तृतीय: अप्सरा खत्री (बाँसबारी) – ४ अंक

कक्षा ५–८ ब्वाइज:

प्रथम: अतिश महर्जन (पञ्चकन्या) – ६.५ अंक

द्वितीय: शिशिर ढकाल (बाँसबारी) – ६ अंक

तृतीय: सुमिर तामाङ (बाँसबारी) – ६ अंक

कक्षा ९–१२ गल्र्स:

प्रथम: देवयानी गुरागाईं (बाग्मती बोर्डिङ) – ५ अंक

द्वितीय: मायुमी राई (बाग्मती बोर्डिङ) – ४ अंक

तृतीय: आँचल चौधरी (एनसीसीएस) – ४ अंक

कक्षा ९–१२ ब्वाइज:

प्रथम: सोहन प्रजापति (न्युटन हाईस्कुल) – ६.५ अंक

द्वितीय: प्रेम विक्रम अधिकारी (बृहस्पति) – ६ अंक

तृतीय: आयुष बस्नेत (बाग्मती) – ६ अंक

विजयी विद्यार्थीहरूलाई वडाध्यक्ष दिनेश महर्जन, महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बू लगायतले पुरस्कार वितरण गरे।

प्रतिक्रिया दिनुहोस्