
काठमाडौं, जेठ २१
मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई तार्केश्वर नगरपालिकाले विशेष सम्मान गरेको छ।
बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिका गुरुङलाई नगद राशिसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
समारोहमा वडा नं. २ का अध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
महिला ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेकी थिइन्।





