नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप सुरु, सदभाव आचार्य अग्रस्थानमा



११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिनको खेल सम्पन्न भएको छ। पहिलो दिन नेपालका नम्बर एक एम्याच्योर गल्फर सदभाव आचार्यले ६-अन्डर ६६ को स्कोर गर्दै शीर्ष स्थानमा रहेका छन्।

नेपालकै वाङ्गचेन ढोन्डुप ४-अन्डर ६८ को स्कोरसहित दोस्रो स्थानमा छन्। त्यस्तै, नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बङ्गलादेशका मोहम्मद साहाब उद्दीन २-अन्डर ७० को स्कोरसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्