
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले आयोजना गर्ने १४औं कर्मचारी खेलकुद प्रतियोगिता यही जेठ २१ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस विधामा प्रतिस्पर्धा हुनेछ।
नेपाल सरकारका पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, दूरसञ्चार सेवा प्रदायक संस्था तथा वायुसेवा कम्पनीहरूबाट कर्मचारी टोलीहरूको सहभागिता रहनेछ।
फुटसलतर्फ १५ पुरुष र ४ महिला टोली प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले ५५ हजार रुपैयाँ, उपविजेताले ३३ हजार र तेस्रो हुने टोलीले २२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताहरूलाई पनि नगद पुरस्कार दिइनेछ।
ब्याडमिन्टन खेल हात्तीगौंडास्थित ¥याकेट एन्ड रोल ब्याडमिन्टन हलमा, टेबलटेनिस लैनचौरस्थित तालिम केन्द्रमा, र फुटसल टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा सञ्चालन हुने जानकारी आयोजकले दिएको छ।





