
कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली खेलाडी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायतले उनलाई स्वागत गरे।

मोरक्कोको राबातमा सम्पन्न प्रतियोगितामा महिला ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। यो पदक अन्तर्राष्ट्रिय करातेमा नेपालको ऐतिहासिक सफलता मानिएको छ।





