
काठमाडौं, जेठ २०
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा चावहिलमा जारी तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मनास्लु एकेडेमी र एनआईसी एकेडेमी मंगलबार फाइनल प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनल खेलमा मनास्लु एकेडेमीले पशुपति ‘बी’ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो। मनास्लुका कृष्ण कार्की उत्कृष्ट प्रदर्शनसहित ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यसैगरी, दोस्रो सेमिफाइनलमा एनआईसी एकेडेमीले किन्सलाई २–० ले हरायो। एनआईसीका सुनिश्चित सुवेदी ‘म्यान अफ द म्याच’ बन्न सफल भए। फाइनल खेल केही दिनभित्रै हुनेछ।





