पाँचौं नेपाल म्युजिक एण्ड फेशन अवार्ड २७ विधामा सम्पन्न



काठमाडौं, १८ जेठ

राजधानीमा आयोजित एक भव्य समारोहका बीच पाँचौं नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२४ सम्पन्न भएको छ। कार्यक्रममा संगीत, मोडलिङ, फेशन लगायतका २७ विधामा विभिन्न कलाकार तथा स्रष्टाहरूलाई सम्मानित गरिएको हो।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज गायिका मिरा राणा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भइन्। स्वास्थ्य कारणवश उनी कार्यक्रममा उपस्थित हुन नसकेकी थिइन्।

त्यसैगरी, संगीतकार दीपक शर्मालाई “दशकको संगीत सम्मान” प्रदान गरियो भने चलचित्र पत्रकारितामा योगदान पुर्‍याएका कुबेर डंगोल नगदसहित ‘चलचित्र फोटो पत्रकार सम्मान’बाट सम्मानित भए।

कार्यक्रममा चलचित्र निर्माता रौनक विक्रम कँडेल ‘चलचित्रकर्मी सम्मान’, बद्री थापा ‘फोटो पत्रकार अफ द इयर’, गायक डेविड शंकर ‘गायन सम्मान’, निर्देशक प्रदीप कुमार रसाइली ‘नृत्य सम्मान’, नवराज पाण्डे र कपुर साउद ‘युवा उद्यमी सम्मान’बाट सम्मानित भए।

फेशन तथा मोडलिङ विधामा आठ अवार्ड

स्टार वान इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा मोडलिङ तथा फेशन क्षेत्रका आठ विधामा अवार्ड प्रदान गरियो।

फेसन डिजाइनर अफ द इयर: सञ्जिता बराल (पटुकी फेसन)

जुरी अवार्ड (फेसन डिजाइन): काजल शर्मा (काजल क्रियसन)

वर्षको फेसन मोडल: दिक्पाल कार्की

फेशन कोरियोग्राफर अफ द इयर: अश्विनी कान्त झा

फेसन मेकअप आर्टिस्ट: टेक राज पाण्डे

बेस्ट पेजेन्ट डिरेक्टर: निशु कान्त झा

इभेन्ट म्यानेजर अफ द इयर: सम्राट प्रसाद शाह

डान्स कोरियोग्राफर (पेजेन्ट): सन्दीप भुजेल

संगीत विधामा १९ अवार्ड

सरिता भारतीको संयोजन र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न कार्यक्रममा संगीत विधामा १९ अवार्ड प्रदान गरियो।

आधुनिक गायन (पुरुष): ओम सुनार – मायाले सजाउँला

आधुनिक गायन (महिला): स्वाती भट्ट – यो दिलको

गीतकार: हंस राज जोशी – मलाई तिमी

म्युजिक भिडियो मोडल (पुरुष): दिलीप ओखेडा – तप तप पानी

म्युजिक भिडियो मोडल (महिला): मल्लिका राजोपाध्याय – हे गोरी

महिला जुरी अवार्ड: शिला गजुरेल – हाँसेर माग

मेकअप अवार्ड: मनीषा श्रेष्ठ (कमला) – नगर दोमन

कोरियोग्राफी (स्टेज प्रस्तुति): केशव कोइराला – माया भन्दा ठूलो

लोक तथा दोहोरी विधा

लोक गीत गायन (महिला): शान्ति कुमारी शाही – हरि भजन लोक गीत

लोक गीत जुरी अवार्ड: आयुमी तामाङ – ओए सोल्टिनी

दोहोरी गीत रचना: डब्बु क्षेत्री – छोड सताउन

दोहोरी गायन (पुरुष): चन्द्र शर्मा – बालेनको सहर

दोहोरी गायन (महिला): नम्रता खरेल – माया पिरती

म्युजिक भिडियो मोडल (पुरुष): पल शाह – पानको पात

म्युजिक भिडियो मोडल (महिला): जुना कार्की – यो दुनियाँ

कोरियोग्राफर: रबिता मगर – एक नम्बरी सुन

चलचित्र तथा भाषाभाषी विधा

चलचित्र गीतकार: विकास विष्ट – न मेटिएको घाउको बाहिरी पीडा

चलचित्र संगीतकार: हर्कुलस बस्नेत – के भरोसा गरम् (एक्टर वान टेक)

नेपाल भाषा गायन: राजकुमार मानन्धर – छँगु मतिनाया आशय

नेपाल भाषा गीत रचना: सुरजबीर बज्राचार्य – नक्कलिम्ह मय्जु

निर्णायक मण्डलमा दिवाकर भट्टराई, उमेश गुरुङ, ध्रुव न्यौपाने, एलिजिबा पुन मगर, चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र केशव राज भट्ट रहेका थिए। कार्यक्रमको सञ्चालन विष्णु प्रसाद सुवेदीले गरेका थिए।

समारोहमा गायक ओम सुनार, डेविड शंकर र रमेश पाठकले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै माहोललाई झनै रंगीन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्