महामञ्जुश्री कप बास्केटबल प्रतियोगिता: तीन विधामा तीन टोलीले जिते उपाधि



काठमाडौं, जेठ १७ –
महामञ्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मा तीन फरक विधाका च्याम्पियन टोलीहरू घोषित भएका छन्। काठमाडौंको नागर्जुन नगरपालिका–५ स्थित सीतापाइलामा आयोजित प्रतियोगितामा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड स्कुलले आ–आफ्नो वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्।

विल्सन एकेडेमी सिनियर ब्वाइजतर्फ विजेता बनेको हो। फाइनल खेलमा उनले टिआइए (TIA) लाई कडा प्रतिस्पर्धात्मक खेलमा १७–१४ ले हराउँदै उपाधि जित्यो। गल्र्सतर्फ चाँदबाग स्कुलले त्रिज्योति स्कुललाई १०–८ को स्कोरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। त्यस्तै, जुनियर ब्वाइजतर्फको फाइनलमा ग्रिनफिल्डले इडन ब्रिज स्कुलमाथि १०–८ को जित निकाल्दै उपाधि हात पार्‍यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मोस्ट भ्यालुएबल प्लेयर (MVP) घोषणा गरिएको थियो।

सिनियर ब्वाइजतर्फ ग्रिनफिल्डका रिधाम नगरकोटी,

जुनियर ब्वाइजतर्फ विल्सनका अनुप मगर,

र गल्र्सतर्फ चाँदबागकी अमलिका खड्का
MVP घोषित भए।

यस्तै, प्लेयर प्ले अवार्ड

सिनियर ब्वाइजमा माइलस्टोन,

जुनियर ब्वाइजमा मनास्लु स्कुल,

र गल्र्सतर्फ आर्या एकेडेमी
ले जिते।

महामञ्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठका अनुसार राइजिङ टिम अवार्ड

सिनियर ब्वाइजमा क्यानभास,

जुनियर ब्वाइजमा शिशु निकुञ्ज,

र गल्र्सतर्फ नवीनज्योति स्कुल
ले प्राप्त गरे।

समापन समारोहमा विजयी टोलीहरूलाई नागर्जुन नगरपालिका–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्री स्कुलका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङ लगायतले पुरस्कार प्रदान गरे।

दुई दिनसम्म लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको यस प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो। आयोजक प्रिन्सिपल चूडामणि मरासिनीका अनुसार प्रतियोगितामा ४१ विद्यालयका ६३ टोली सहभागी थिए।

सिनियर ब्वाइजतर्फ ३२,

जुनियर ब्वाइजमा १५,

र गल्र्सतर्फ १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रिन्सिपल मरासिनीले विद्यार्थीहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्ने र नवोदित प्रतिभाको पहिचान गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस प्रकारका प्रतियोगिता निरन्तर आयोजना गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्