
काठमाडौँ, जेठ १६
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शिष्टाचार भेट गर्नुभएको छ।
राष्ट्रपतिसँग भएको भेटका क्रममा सदस्य सचिव घिसिङले नेपाली खेलकुदको वर्तमान अवस्था, राखेपद्वारा हालसम्म सम्पन्न कार्यक्रमहरू तथा आगामी योजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो।
उक्त अवसरमा सदस्य सचिव घिसिङले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करणको उद्घाटन समारोहमा प्रमुख आतिथ्य ग्रहण गर्नका लागि राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा समेत दिनुभयो।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। नेपाली विद्यालय स्तरमा खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिने यो प्रतियोगिताको उद्घाटन परम्पराअनुसार राष्ट्रपतिबाटै हुने चलन रहेको छ।





