एचजेबीएल बास्केटबल: गोल्डेनगेटले टाइम्स क्लबलाई हरायो



हिमालयन जाभा बास्केटबल लिग (HJBL) अन्तर्गत बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३–६४ ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गर्‍यो।

खेल कीर्तिपुर कभर्ड हलमा वर्षाका कारण ढिलो गरी सुरु भएको थियो।

खेलको प्रगति यसरी रह्यो:

पहिलो क्वाटर: गोल्डेनगेट २०–१९

दोस्रो क्वाटर: गोल्डेनगेट २१–१२

हाफटाइम स्कोर: गोल्डेनगेट ४१–३१

तेस्रो क्वाटर: टाइम्स १४–१२

चौथो क्वाटर: गोल्डेनगेट २०–१९

खेलमा उत्कृष्ट प्रदर्शन गरेका अजय कुश्वाहले १५ रिबाउन्डसहित १७ अंक बनाउँदै मोस्ट भ्यालुएबल प्लेअर (MVP) घोषित भए।
गोल्डेनगेटका लागि अभिषेक सिंह र निकेश मगरले समान २०–२० अंक जोडे।
टाइम्स क्लबतर्फबाट सदिश प्रधानले सर्वाधिक १५ अंक स्कोर गरे।

७ खेलमध्ये ६ जितेर गोल्डेनगेटले १३ अंक बनाएको छ। यति नै अंकसहित हाउण्ड्स एकेडेमी शीर्ष स्थानमा छ। टाइम्स क्लबले ७ खेलमध्ये ४ जितेको छ र उनीहरूको अंक ११ छ, जसले तेस्रो स्थानमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्