
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा सुरु भएको तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलहरूमा रोमाञ्चक नतिजा देखिए।
प्रतियोगितामा विनायकले किन्सलाई २–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
अन्य खेलहरूमा:
पशुपति ‘ए’ ले हेरिटेजलाई ५–१
नोब्सले हेरिटेजलाई २–०
मनासलुले विनायक सिद्धलाई ३–०
हिलारीले प्रेरणालाई ६–०
नेपाल विद्या सदनले लुम्बिनीलाई १–०
बाल व्यवसायीले जगत मन्दिरलाई १–० ले हराए।
प्रतियोगिताको उद्घाटन वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले गरे।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा विजेता टिमलाई रु ३०,००० र उपविजेता टिमलाई रु १५,००० नगद पुरस्कार दिइने छ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर लगायतका विधामा जनही रु २,५०० नगद पुरस्कार प्रदान गरिने छ।





