
महामञ्जुश्री माध्यमिक विद्यालयको आयोजनामा ‘प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ बिहीबारबाट सुरु भएको छ।
उद्घाटन समारोह विद्यालयका प्रिन्सिपल चूडामणि मरासिनीले एक विशेष कार्यक्रममा गरे।
प्रतियोगिता विभिन्न उमेर समूहका ब्वाइज तथा गल्र्स तर्फ संचालन भइरहेको छ, जसमा विभिन्न विद्यालयका टिमहरू सहभागी भएका छन्।
सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल प्रवेश गरेका टिमहरू:
केभीएस, रानीवन, विल्सन एकेडेमी, मगस, मनासलु, होली भिजन, क्यान्भास, पिपुल्स एकेडेमी, युसीपीएस, सेब, नवोदित, टीआईए, डेसी, त्रिज्योति, टेरेसा, कन्स्टिलेसन र गण्डकी।
सिनियर गल्र्सतर्फ क्वाटरफाइनलमा पुगेका टिमहरू:
इडेन ब्रिज एकेडेमी (EBA), टेरेसा एकेडेमी, स्वर्णिम, आर्या एकेडेमी, चाँदबाग, केभीएस, त्रिज्योति र होली भिजन।
जुनियर ब्वाइजतर्फ क्वाटरफाइनल प्रवेश:
ग्रिनलन्स, पिपुल्स, आयोजक महामञ्जुश्री, स्किब्स, मनासलु, ईबीए, ग्रिनफिल्ड र बिग बुद्ध।





