लोयल्टी एसईई कप फुटबल प्रतियोगिता



काठमाडौं, जेठ १५

राजधानीमा जारी लोयल्टी एसईई कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलहरूमा एएसपीएस, ट्रिनिटी, र डीए९६ टिमले प्रभावशाली प्रदर्शन गर्दै आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेका छन्।

एएसपीएस टिमले एनएपीएलाई ४–० ले पराजित गर्‍यो।

ट्रिनिटी टिमले राइज टिमलाई ४–० को नतिजाले हरायो।

डीए९६ ले लायनलाई ५–० गोल अन्तरले पराजित गऱ्यो।

यी तीन टिमको जितले उनीहरूलाई प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरेको छ। साथै, एबीसी, वि ब्रो, बज्रङ्ग सेना, र बीएनपीए जस्ता टिमहरूले पनि आ–आफ्नो खेल जितेर प्रतियोगितामा अगाडि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्