
काठमाडौं, १५ जेठ — नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानून मन्त्री धनराज गुरुङले गणतन्त्रमा बदला होइन, बदलिएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गुरुङले लोकतन्त्र तथा गणतन्त्रको मूल विशेषता स्वच्छ प्रतिस्पर्धा भएको उल्लेख गरेका छन्। उनले गणतन्त्र र लोकतन्त्रमा प्रतिशोध र बदला हुने ठाउँ नरहेको प्रस्ट पारेका छन्।
“गणतन्त्र/लोकतन्त्रको सुन्दरता स्वच्छ प्रतिस्पर्धा हो, जहाँ बदलिएर काम गर्नुपर्छ। जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बदलिएर काम गर्नुको सट्टा बदला लिन खोज्छौं, तब गणतन्त्र/लोकतन्त्र कमजोर हुन्छ,” गुरुङले लेखेका छन्।
उनले सबैलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्।





