लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सम्पन्न




काठमाडौं, जेठ १३

संयुक्त राष्ट्रसंघको आह्वानमा लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ। United Nations Support Mission in Libya (UNSMIL) अन्तर्गत कार्यरत श्री स्पेसल गार्ड युनिटअन्तर्गतका सैनिकहरूको छैटौँ डफ्फालाई प्रतिस्थापन गर्न सातौँ डफ्फाका सैनिकहरू लिविया प्रस्थान गरेका छन्।

श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) अन्तर्गत कार्यरत छैटौँ डफ्फाका सैनिकहरूलाई प्रतिस्थापन गर्न श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) अन्तर्गत सातौँ डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाश बहादुर सिंहको नेतृत्वमा मिति २०८२ साल जेठ १२ गते लिवियातर्फ प्रस्थान गरेको हो।

त्यस्तै, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरू सेनानी संजिव राज नेपालको नेतृत्वमा आज मिति २०८२ साल जेठ १३ गते स्वदेश फिर्ता भएका छन्।

हाल UNSMIL मिसनमा नेपाली सेनाका जम्मा २३२ जना शान्ति सैनिकहरू खटिएका छन्। नेपाली सेनाले विगतदेखि नै संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्