तार्केश्वर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि



१४ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि तार्केश्वर नगरपालिकाले जितेको छ। तार्केश्वरले कुल ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भयो।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले १३ स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो। तेस्रो स्थानमा भने चन्द्रागिरी नगरपालिका रह्यो, जसले ६ स्वर्ण, १४ रजत र २५ कांस्य पदक प्राप्त गर्‍यो।

तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्