शान्त थोकरलाई पान अमेरिकन करातेबाट डबल ए लाइसेन्स



न्यूयोर्क, अमेरिका – कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीतर्फ दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन्। उनी सो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बनेका छन्।

मेक्सिकोको मोन्टेरेमा मे १९ देखि २५ तारिखसम्म सम्पन्न ‘३८औं सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’को क्रममा आयोजित परीक्षा उत्तीर्ण गर्दै थोकरले यो सफलता प्राप्त गरेका हुन्।

थोकरले मे २४ मा काता तर्फ ए लाइसेन्स पाए भने कुमुतेतर्फ उनी २०२३ मै लाइसेन्स प्राप्त गरिसकेका थिए।

सन् २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपमा संलग्न थोकरले २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवैमा डबल ए लाइसेन्स प्राप्त गरेका थिए।

“स्कुलमा व्यस्त भएका कारण अलिक ढिलो भयो, तर म खुसी छु। यो मेरो मेहनत र निरन्तरताको फल हो,” थोकरले भने, “सन् २०१९ बाट सुरु गरेको यात्रा करिब ७ वर्षपछि सफल बन्यो।”

प्रतिक्रिया दिनुहोस्