बनेपामा पहिलो मेयर कप टेबलटेनिस प्रतियोगिता सुरु हुँदै



बनेपा नगर टेबलटेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता जेठ १५ गतेदेखि सुरु हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष परमेश्वर श्रेष्ठले प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुने जानकारी दिएका हुन्।

बनेपा नगरपालिकाको सहयोगमा आयोजना हुने तीनदिने प्रतियोगिता बनेपाको बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ भने कुल पुरस्कार राशी ३ लाख रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्