बक्सिङ टोलीको भव्य स्वागत



नेपाल बक्सिङ महासंघले एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जितेर फर्किएको नेपाली टोलीलाई आइतबार स्वागत गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारीलगायत पदाधिकारीहरूले टोलीलाई स्वागत गरेका हुन्।

श्रीलंकाको कोलम्बोमा मे १२ देखि २४ तारिखसम्म आयोजित प्रतियोगितामा नेपालले चार कांस्य पदक जितेको थियो। महासचिव भण्डारीका अनुसार पुरुषतर्फ ५१ केजी तौलसमूहमा अर्पिल राना र ६० केजीमा सिंहवीर लिम्बूले तथा महिलातर्फ ८० केजीमाथि तौलसमूहमा त्रिशा जबेगु र ६० केजीमा नारिका राईले कांस्य पदक जिते।

प्रतिक्रिया दिनुहोस्