स्किब्स बास्केटबलमा भ्याली पब्लिक सेमिफाइनलमा



बसुन्धरास्थित स्किब्सको कोर्टमा जारी नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक स्कुलले सिनियर गल्र्सतर्फ आइतबार सेमिफाइनलमा स्थान बनाएको छ। भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए)लाई १५–१० को स्कोरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्‍यो।

प्रतियोगिताका बाँकी तीन क्वाटरफाइनल खेलहरू अझै हुन बाँकी छन्, जसअनुसार नवीन ज्योतिले चेल्सी वर्ल्ड स्कुलसँग, त्रिज्योतिले हिमरश्मिसँग र निम्सले ज्ञान निकेतनसँग प्रतिस्पर्धा गर्नेछन्।

जुनियर ब्वाइजतर्फ आयोजक स्किब्सले नवीनज्योतिलाई ९–८ को झिनो अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। अन्य प्रिक्वाटरफाइनल खेलहरूमा ओडिसी इन्टरनेसनल एकेडेमी बनाम युनिक नेपाल, एन्जल्स हार्ट बनाम पिपुल्स एकेडेमी, नेपाल पुलिस स्कुल बनाम पारामाउन्ट एकेडेमी, ज्ञान निकेतन बनाम बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सेब बनाम गेट्वे एकेडेमी, हिमरश्मि बनाम गोल्डेनपिक, र लालीगुराँस नेसनल एकेडेमी बनाम अपी स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

सिनियर ब्वाइजको प्रिक्वाटरफाइनलमा टीआईए र स्काइलार्क, न्युटन र बीएनए, प्राण्जली र विल्सन एकेडेमी, हिमरश्मि र पृथ्वी, ग्रिनल्यान्ड र सेब, स्किब्स र नेपाल पुलिस, ज्ञान निकेतन र अपी, तथा एन्जल्स हार्ट र रिलायन्स आमनेसामने हुनेछन्।

प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्