
काठमाडौं, जेठ ११ गते।
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिट च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कांस्य पदक जित्न सफल भएका छन्।
भारतमा आयोजित प्रतियोगितामा तीन जना नेपाली खेलाडीले सहभागिता जनाएका थिए। पछिल्लो समय केही सुस्त देखिएको नेपाली कुस्तीलाई पुनः जागृत गर्न सुरेशको यस उपलब्धिले राष्ट्रिय टोलीका अन्य खेलाडीहरूमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिए।
उनका अनुसार यो उपलब्धि नेपाली कुस्तीको इतिहासमै एक महत्वपूर्ण क्षण हो। टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले पनि सुरेशको प्रदर्शनले नेपाली कुस्तीलाई नयाँ प्रेरणा मिलेको बताएका छन्।





