लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ



मिति २०८२।०२।०८ गते दिउँसो करिब १४:०० बजे काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित क्षेत्रमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सडकमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका सिन्धुली, गोलञ्जोर गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–४ बसोबास गर्ने २४ वर्षीय होम राज श्रेष्ठसँग गरिएको प्रारम्भिक सोधपुछका आधारमा लागु औषध कारोबारमा संलग्न अन्य तीन जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आवश्यक प्रमाणसहित पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमतिपछि थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्तिहरू:

  1. होम राज श्रेष्ठ, २४ वर्ष, स्थायी ठेगाना: सिन्धुली, गोलञ्जोर गाउँपालिका–२, हाल: काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–४
  2. रविन श्रेष्ठ, २३ वर्ष, स्थायी ठेगाना: काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–२, हाल: काठमाडौं, टेकु
  3. सुरेन्द्र अछामी, २१ वर्ष, स्थायी ठेगाना: नुवाकोट, तारकेश्वर गाउँपालिका–४, हाल: काठमाडौं
  4. विजय आले मगर, २५ वर्ष, स्थायी ठेगाना: धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४, हाल: काठमाडौं

बरामद सामग्री:

ट्रामाडोल (लागु औषध) क्याप्सुल – १०६७ थान

नगद – रु. १९,५०० (उन्नाइस हजार पाँच सय रुपैयाँ)

विभिन्न ब्रान्डका मोबाइल फोन – ६ थान

प्रहरीले लागु औषध नियन्त्रण सम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्