
मिति २०८२ साल जेठ ९ गते, साँझ ५:३० बजेकाे समयमा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित सेती ओपी मार्गबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भारतको महाराष्ट्र, सोलापुर जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेश श्रीमंत मगरलाई निम्न उल्लेखित वस्तुहरू सहित नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

बरामद सामग्रीहरू:
१. सुन जस्तो देखिने पहेँलो धातु – ७३४.२९ ग्राम
२. चाँदी जस्तो देखिने सेतो धातु – ९ केजी ५०० ग्राम
३. नगद नेपाली रुपैयाँ २८,९३,०००।– (अक्षरेपि अट्ठाइस लाख त्रियानब्बे हजार)





