बागमती यु–१४ खेलकुदका लागि काठमाडौंबाट टेबलटेनिस खेलाडी छनोट



काठमाडौं

बागमती प्रदेशस्तरीय यु–१४ जुनियर खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट शनिबार टेबलटेनिस खेलाडीहरू छनोट भएका छन्। काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुष र महिलातर्फ समान तीन–तीन गरी जम्मा ६ खेलाडी चयन भएका हुन्।

पुरुषतर्फ चयन भएका खेलाडीहरू:

  • अर्नव श्रेष्ठ
  • आर्यन शाही
  • शम्भवराज ओन्त

महिलातर्फ चयन भएकी खेलाडीहरू:

  • प्रजिना महर्जन
  • यमिला श्रेष्ठ
  • अंशु खनाल

छनोट प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्