दक्षिण कोरिया प्रस्थान गर्‍यो नेपाली एथलेटिक्स टोलीएशियाली एथलेटिक्स च्याम्पियनसिपमा ५ खेलाडीले प्रस्तुत गर्ने प्रतिस्पर्धा



काठमाडौं

एशियाली एथलेटिक्स च्याम्पियनसिपको २६ औं संस्करणमा भाग लिन ६ सदस्यीय नेपाली टोली शनिबार राति ११ बजे दक्षिण कोरियाको गुमी प्रस्थान गरेको छ। टोलीमा ५ खेलाडी र १ प्रशिक्षक रहेका छन्।

मे २७ देखि ३१ तारिखसम्म गुमीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिस्पर्धी खेलाडीहरू:

पुरुषतर्फ

मुकेश पाल – १५०० मिटर र ५००० मिटर दौड

सलिम देवान – लामो हामफाल (लङ जम्प)

शिवराज पार्की – १०० मिटर र २०० मिटर दौड

महिलातर्फ

चन्द्रकला लाम्गाडे – ज्याभलिन थ्रो र सटपुट

फुलमती राना – ८०० मिटर र १५०० मिटर दौड

टोलीको प्रशिक्षकको रूपमा उषाकर्ण चौधरी सहभागी भएकी छन्। टोलीलाई बिदाइ गर्ने क्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ (तदर्थ समिति) का संयोजक तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्