
जुन १ मा चाबहिलमा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’
क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलियामा अध्ययन गर्न चाहनेका लागि सुनौलो अवसर
काठमाडौं – विदेशमा अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरूका लागि उत्साहजनक खबर आएको छ। इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (ICCC) को चाबहिल शाखामा यही जेठ १८ गते (जुन १, २०२५) ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट – २०२५’ आयोजना हुने भएको छ।

मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलियालगायत प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी लिन सकिनेछ। आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काका अनुसार, यो मेला विदेश अध्ययनमा इच्छुक विद्यार्थीलाई उपयुक्त देश, विश्वविद्यालय र कार्यक्रम छनोट गर्न सघाउनेछ। मेलामा सहभागीहरूले विशेषज्ञहरूबाट व्यक्तिगत रुचि, क्षमता र करियर लक्ष्यअनुसार करियर काउन्सिलिङ समेत पाउनेछन्।
मेलाको मुख्य आकर्षणहरू:
अध्ययन गन्तव्य तथा विश्वविद्यालय छनोटसम्बन्धी विशेषज्ञ सल्लाह
विभिन्न स्कॉलरशिप र आकर्षक छुटहरू
पूर्वतयारी कक्षाहरूमा विशेष अफर
भर्चुअल अन्तरक्रिया: विदेश गएका नेपाली विद्यार्थीहरूसँग
भाग्यशाली विद्यार्थीका लागि पेड इन्टर्नशिपको अवसर (६ महिनाका लागि)
उत्कृष्ट कार्य प्रदर्शन गर्ने विद्यार्थीलाई आईसीसीसीमै रोजगारीको सम्भावना
रमाइला खेल र उपहार कार्यक्रम
ICCC ले मेलामा सहभागी सबैलाई मूल्यवान जानकारी, परामर्श र अवसर प्रदान गरिने बताएको छ। विदेश अध्ययनको सपना साकार पार्ने तयारीमा जुटेका विद्यार्थीहरूका लागि यो मेला एक महत्वपूर्ण कदम बन्नेछ।





