“One Run” अन्तर्राष्ट्रिय हाफ म्याराथन सफलतापूर्वक सम्पन्न



ललितपुर, जेठ १० (मे २४, २०२५)


आज शनिबार ललितपुरको पाटन दरबार क्षेत्रबाट सुरु भएको “One Run” अन्तर्राष्ट्रिय हाफ म्याराथन उत्साहजनक सहभागिता र भव्यताका साथ सम्पन्न भएको छ। विश्वकै ठूलो हाफ म्याराथन मानिने “One Run” एकैदिन विश्वभर ११० शहरहरूमा आयोजना भइरहेको छ। नेपालमा यो प्रतियोगिता एन.आर.एस. स्पोर्ट्स फाउन्डेसनले गत वर्षदेखि सञ्चालन गर्दै आएको हो।

नेपालमा आयोजित दौड पाटन दरबारस्थित कृष्ण मन्दिरबाट सुरु भई मंगलबजार, पुलचोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो, बल्खु, कलंकी, सितापाइला हुँदै पुनः कृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा ५ किमी, १० किमी, २१ किमी (हाफ म्याराथन) तथा १ किमी दौड समावेश थिए।

बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक लगायत सबै उमेर समूहका धावकले सहभागिता जनाएका थिए। नेपालबाट मात्रै १,००० भन्दा बढी धावकले सहभागिता जनाए भने अन्तर्राष्ट्रिय रूपमा बहराइन, भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, ब्राजिल, ट्युनिसिया, लगायतका ३० भन्दा बढी देशका ४०,००० भन्दा बढी धावक सहभागी थिए। सोही दिन रुसमा ZaBeg.RF शीर्षकमा आयोजना गरिएको संस्करणमा १,८०,००० धावकले भाग लिए।

विजेताहरूको सूचीः

हाफ म्याराथन – पुरुष:

प्रथम: शुशील कुमार शाही (१:०५:५८) – Army

दोस्रो: विनोद रोकाया (१:०६:११) – Army

तेस्रो: नरेन्द्रसिंह रावत (१:०८:०६)

हाफ म्याराथन – महिला:

प्रथम: निशा सार्की (१:२८:४७) – Army

दोस्रो: विश्व रुपा (१:३०:५२) – Army

तेस्रो: गिता महर्जन (१:५८:५४)

हाफ म्याराथन – मास्टर्स पुरुष:

प्रथम: किरणसिंह बोगटी रजवार (१:०९:००)

दोस्रो: धर्म महर्जन (१:१९:५५)

तेस्रो: मिजुकी मातसुजाकी (१:२८:३१)

१० किमी – खुला पुरुष:

प्रथम: सञ्जय श्रेष्ठ (३२:१२:२२) – Army

दोस्रो: रामजी बस्नेत (३२:१८:०६) – Army

तेस्रो: अर्जुन बुडा (३२:२६:०७) – Army

१० किमी – खुला महिला:

प्रथम: सन्तोषी श्रेष्ठ (३७:५२:०४)

दोस्रो: पूर्णलक्ष्मी न्यौपाने (३८:३९:०३) – Army

तेस्रो: सृजना पाण्डे (३९:१०:०५) – Army

५ किमी – खुला पुरुष:

प्रथम: रुपेश कार्की (१५:२८:१२) – APF

दोस्रो: गणेशसिंह रावत (१५:३६:९३) – Army

तेस्रो: अखुलबहादुर पल (१५:५१:१३) – Army

५ किमी – खुला महिला:

प्रथम: आशा रावत (२०:२१:१७) – APF

दोस्रो: सरस्वती भट्टराई (२०:४८:९५) – Army

तेस्रो: रजिना दुलाल (२१:२५:०४)

५ किमी – स्कुल पुरुष:

प्रथम: अजय पाण्डे (१८:१०:१०)

दोस्रो: दिनेश यादव

तेस्रो: हरिचन्द्र तामाङ (१८:२०:२०)

५ किमी – स्कुल महिला:

प्रथम: अस्मिता भुजेल (२१:२६)

दोस्रो: गायत्री श्रेष्ठ (२७:३८:२०)

तेस्रो: शाङ्ग्रीला श्रेष्ठ (२९:४४:२०)

आयोजकीय विवरण:
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यसहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। दौडका लागि Blue Cross Hospital मेडिकल पार्टनर रह्यो भने Singapore Beverage Nepal (Nimboo Pani) ले प्रायोजन सहयोग गरेको थियो।

एन.आर.एस. स्पोर्ट्स फाउन्डेसनले सबै धावक, अफिसियल, स्वयंसेवक, सुरक्षाकर्मी, ट्राफिक प्रहरी, सञ्चारकर्मी तथा ललितपुर महानगरपालिका र वडा नं. १६ लाई विशेष धन्यवाद व्यक्त गरेको छ।
“One Run” हाफ म्याराथन दुईपटक Guinness Book of Records मा समेत सूचीकृत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्