स्कुल ओलम्पिकको २०औं संस्करणमा कार्कीको सहभागिता



काठमाडौं – नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (ISF) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औं संस्करणमा सहभागी भएका छन्।

महासंघका अनुसार कार्की ISF का विशेष अतिथि (VIP Delegate) को रूपमा कतारमा आयोजित स्कुल ओलम्पिक कार्यक्रममा सहभागी भएका हुन्।

कार्यक्रममा २० वटा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको थियो।

उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) का अध्यक्ष थोमस बाच, कतारका शिक्षा तथा उच्च शिक्षा मन्त्री, ISF अध्यक्ष, कतार ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव, कतार विद्यालय खेलकुद संघका अध्यक्ष तथा विभिन्न २० खेलका राष्ट्रिय खेल संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसअघि कार्की पेरिस ओलम्पिक २०२४ को टर्च रिलेमा पनि सहभागी भइसकेका छन्।

नेपाल विद्यालय खेलकुद महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली स्कूली खेलाडीहरूको सहभागिताका लागि निरन्तर समन्वय गर्दै आइरहेको छ। कार्की शनिबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्