शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार हुने



काठमाडौं

प्रथम शहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ।

शहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापन तथा प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दीपक अधिकारीले जानकारी दिएअनुसार, प्रतियोगितामा कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित नेपाल आर्मी र नेपाल एपीएफ क्लब गरी ७ टिमको सहभागिता रहनेछ।

प्रतियोगिता लिग कम नकआउट फर्म्याटमा हुनेछ, जसअन्तर्गत सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ।

विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँले सम्मान गरिनेछ। खेलाडीहरूका लागि १ लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिएको छ।

सहभागी टिमलाई होटल बसोबास तथा एकतर्फी यातायात खर्च पनि आयोजकले उपलब्ध गराउनेछ। प्रतियोगिता सञ्चालनमा करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा ११ लाख शहिद स्मृति एकेडेमीले र बाँकी रकम रग्बी संघले व्यवस्थापन गर्नेछ।

पत्रकार सम्मेलनमा एकेडेमीले आगामी दिनमा ब्याडमिन्टन, तेक्वान्दो र फुटसल प्रतियोगिता पनि आयोजना गर्ने तयारी भइरहेको जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्