
काभ्रे – विशालविक्रम कायस्थको संयोजकत्वमा काभ्रे जिल्ला टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुवेरप्रकाश सिंहको उपस्थितिमा गठन गरिएको समितिमा १० सदस्य रहेका छन्।
दीपकप्रसाद थपलिया सह–संयोजक रहनु भएको छ भने सदस्यहरूमा मधुसुदन तिमिल्सिना, विजेन रन्जित, विमला मानन्धर, मनीषा तामाङ, रुपचन्द्र थापा, रोहिन पराजुली, किरण श्रेष्ठ र सिद्ध राना मगर रहेका छन्।





