
काठमाडौं, जेठ ९
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आउँदो शनिबारदेखि सुरु हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्किब्सका प्रिन्सिपल अरुण केसीले प्रतियोगितामा ४४ विद्यालयका ७५ टिम सहभागी हुने जानकारी दिए।
प्रतियोगिता चार विधामा सञ्चालन हुनेछ — सिनियर ब्वाइजमा ३२ टिम, सिनियर गल्र्समा १६ टिम, जुनियर ब्वाइजमा २३ टिम र स्टाफतर्फ ४ टिमले प्रतिस्पर्धा गर्नेछन्।
सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजतर्फका खेल लिग कम नकआउट प्रणालीमा हुनेछन्, भने स्टाफको खेल राउन्ड रोबिन लिग आधारमा खेलाइनेछ। लिग चरणमा प्राप्त अंककै आधारमा विजेता टुंगो लगाइनेछ।
सिनियर ब्वाइजतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। बाँकी विधामा नगद पुरस्कार राखिएको छैन।
प्रतियोगिता सञ्चालनमा करीब १ लाख ५० हजार रुपैयाँ खर्च हुने स्किब्सका को–अर्डिनेटर तथा ईसीए इन्चार्ज सागर शर्माले जानकारी दिए।
दुईदिने प्रतियोगिता बसुन्धारास्थित स्किब्सको कोर्टमा आयोजना हुनेछ।





