नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच अनलाइन धितो रोक्का प्रणाली लागू गर्ने सहमति



काठमाडौं, जेठ ८

नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो रोक्का तथा फुकुवा प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्ने सहमति भएको छ।बिहीबार काठमाडौंमा भएको सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्।सम्झौतापछि कोषले काठमाडौं उपत्यकामा प्रदान गर्दै आएको आवास तथा सरल कर्जाका लागि आवश्यक पर्ने धितो रोक्का र फुकुवा प्रक्रिया पूर्णरूपमा अनलाइनमार्फत हुनेछ।कोषले अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राहीलाई प्रक्रिया छिटो छरितो र प्रभावकारी हुने विश्वास लिएको जनाएको छ। यसबाट कर्जासम्बन्धी सेवा प्रवाहमा पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्