
७ जेठ, काठमाडौं ।
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आफ्नो चौथो जित दर्ता गरेको छ।
बुधबार कीर्तिपुर कभर्डहलमा भएको एक मात्र खेलमा गोल्डेनगेटले रोएल्सलाई ८२-७४ ले पराजित गर्यो। यो जितसँगै गोल्डेनगेटले ५ खेलबाट शीर्ष स्थानमा रहेको हाउण्ड्ससँग बराबरी ९ अंक बनाएको छ।
रोएल्सको यो तेस्रो हार हो। ५ खेल खेलेको रोएल्सले ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।
खेलको पहिलो क्वाटरमा गोल्डेनगेटले २५-१२ को अग्रता लिँदै राम्रो सुरुआत गरेको थियो। तर दोस्रो क्वाटरमा रोएल्सले उत्कृष्ट पुनरागमन गर्दै २९-१३ को स्कोर बनायो र हाफ टाइमसम्म ४१-३८ को अग्रता लियो।
तर तेस्रो र चौथो क्वाटरमा गोल्डेनगेट पुनः लयमा फर्कियो। तेस्रो क्वाटरमा २७-२१ र चौथो क्वाटरमा १७-१२ को स्कोर गर्दै जित सुनिश्चित गर्यो।
गोल्डेनगेटका लागि निकेश मगरले सर्वाधिक २७ अंक जोडे र उनी खेलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। रोएल्सतर्फ विनोद महर्जनले २३ अंक बनाए।





