
मिति २०८२/०१/३१ मा जिल्ला दोलखा, वैदेश्वर गाउँपालिका-१२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२४, नरदेवीमा बसोबास गर्दै आएका २४ वर्षीय निशान परियारलाई काठमाडौं महानगरपालिका-१५, चमतिबाट पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको थियो।
अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा मिति २०८२/०२/०७ गते अपराह्न १२:२१ बजे जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट उनी फरार भएको जानकारी प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोही दिन साँझ १८:१८ बजे काठमाडौं महानगरपालिका-२४, याट्खा टोलबाट लुकीछिपी रहेको अवस्थामा फेला पारी पुनः पक्राउ गरेको हो। हाल उनीमाथि थप अनुसन्धान कार्य जारी रहेको छ।





