काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन, संयोजकमा सुरज केसी



काठमाडौं:

सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ। केसी यसअघि संघको काठमाडौँ जिल्ला कोषाध्यक्षको जिम्मेवारी दुई कार्यकालसम्म सम्हालिसकेका छन्। त्यसअघिका दुई कार्यकालमा उनी सदस्यको रूपमा कार्यरत थिए।

संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालका अनुसार, टेबल टेनिस खेलको वृद्धि, विकास र विस्तारलाई लक्षित गर्दै गत चैत १६ गते सम्पन्न बैठकको निर्णयअनुसार तदर्थ समिति गठन गरिएको हो।

समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन्। अन्य सदस्यहरूमा प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन छन्।

प्रतिक्रिया दिनुहोस्