
मिति २०८२/०२/०६ गते राति करिब २०:५० बजे, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित सडक खण्डमा चेकजाँचको क्रममा कोटेश्वर प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले १६८ थान अवैध मोबाइलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
बरामद मोबाइलहरूमा Vivo ३० थान, Samsung २५ थान, Oppo १७ थान, Realme १६ थान, Redmi १३ थान, iPhone १३ थान, OnePlus १० थान, Motorola ६ थान, Nokia ३ थान तथा अन्य कम्पनीका ३५ थान मोबाइल रहेका छन्।
पक्राउ परेका व्यक्ति: १. शंखर श्रेष्ठ, २४ वर्ष, स्थायी ठेगाना नुवाकोट जिल्ला, विदुर नगरपालिका–१३, हाल काठमाडौं बाफल बसोबास।
२. कुशल सिलपकार, २३ वर्ष, स्थायी ठेगाना भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका–२।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ।





