कुस्ती टोली भारत प्रस्थान गर्दै



काठमाडौं, जेठ ६

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय नेपाली कुस्ती टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ। प्रतियोगिता मे २१ देखि २६ तारिखसम्म आयोजना हुनेछ।

नेपालको तर्फबाट ३ पुरुष खेलाडी — सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव — ले प्रतिस्पर्धा गर्ने छन्। ती सबै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत विशेष प्रशिक्षणमा रहेका छन्।

टोलीको नेतृत्व प्रशिक्षक मुम्ताज अली इद्रिसीले गर्ने छन्। साथै, प्रतियोगिता अवधिभर हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेप सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीमा रहने छन्।

टोलीलाई मंगलबार आयोजित एक कार्यक्रममार्फत राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्