काठमाडौंको पकनाजोलबाट १०६० ग्राम अफिमजस्तो लागूपदार्थसहित २ जना पक्राउ



काठमाडौं, २०८२ जेठ ४ — काठमाडौं महानगरपालिका–१६, पकनाजोल क्षेत्रमा लागूपदार्थको कारोबार भइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले १०६० ग्राम अफिमजस्तो देखिने कालो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

२०८२ साल जेठ ४ गते बिहान १०:०० बजे प्रहरीले उक्त स्थानमा छापा मारी रोल्पाका रुद्र बहादुर थापा (४५) र राकेश परियार (३६) लाई पक्राउ गरेको हो। दुबै जना रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका निवासी हुन्।

पक्राउ परेकाहरूको साथबाट अफिम जस्तो देखिने गिलो अवस्थाको कालो पदार्थ १०६० ग्रामसहित विभिन्न सामग्रीहरू बरामद गरिएको छ। तीमध्ये एक थान INFINIX मोबाइल, एक थान Redmi मोबाइल, एक थान Nokia कीप्याड मोबाइल, एक थान टेप रोल र कालो लेदर झोलासमेत रहेका छन्।

पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्