
काठमाडौं, २०८२ जेठ ३ — काठमाडौं महानगरपालिका–२९ स्थित अनामनगरको एक घरमा कोठा भाडामा लिएर जुवा तास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा २ लाख ५७ हजार ४ सय रुपैयाँ नगदसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
२०८२ साल जेठ ३ गते दिउँसो ३:३० बजे प्रहरीले उक्त घरमा छापा मारी रामजी बस्नेतसहितका १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। घटनास्थलबाट ९ बुक तास, १० थान मोबाइल फोन र नगद रु. २,५७,४०० (अक्षरेपि दुई लाख सन्ताउन्न हजार चार सय) बरामद गरिएको छ।
रामजी बस्नेत जिल्ला दोलखा, भिमेश्वर नगरपालिका–७ घर भइ हाल भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–३ मा बसोबास गर्दै आएका व्यक्ति हुन्।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूको विवरण:
१. किशोर सुनुवार, ४७ वर्ष, दोलखा तामाकोशी गा.पा.–७, हाल चाबहिल, काठमाडौं
२. देवानन्द डाँगी, ५१ वर्ष, रोल्पा परिबर्तन गा.पा.–२, हाल गोकर्णेश्वर–४, काठमाडौं
३. ङावाङ दोर्जे शेर्पा, ५० वर्ष, सिन्धुपाल्चोक भोटेकोशी गा.पा.–२, हाल काठमाडौं–६
४. नरध्वज श्रेष्ठ, ५५ वर्ष, हाल बुढानिलकण्ठ नगरपालिका–४, काठमाडौं
५. दावा शेर्पा, ४० वर्ष, हाल गोकर्णेश्वर नगरपालिका–७, काठमाडौं
- गौरी न्यौपाने, ४३ वर्ष, सिन्धुपाल्चोक बाह्रबिसे न.पा.–२, हाल काठमाडौं–७
७. साङ्गे शेर्पा, ४२ वर्ष, सोलुखुम्बु खुम्बु पासाङल्हामु गा.पा.–४
८. पवन कार्की, १९ वर्ष, ओखलढुङ्गा सुनकोशी गा.पा.–४, हाल चाबहिल, काठमाडौं
९. सागर ठकुरी, ४० वर्ष, बाजुरा शमिकार्तिक गा.पा.–३, हाल घट्टेकुलो, काठमाडौं
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।





