काठमाडौंको जयबागेश्वरीबाट तास खेलिरहेको अवस्थामा १ लाखभन्दा बढी नगदसहित ७ जना पक्राउ



मिति २०८२।०२।०३ गते, साँझ ५:०९ बजे काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोटका पाले सुत्ने घरमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले ७ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्तिहरूको साथबाट नगद रू. १,०७,९१५ (अक्षरेपी एक लाख सात हजार नौ सय पन्ध्र रुपैयाँ) र चार बुक तास बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:

१. भिम संगत, ६६ वर्ष, काठमाडौं–८, जयबागेश्वरी
२. कविन्द्र भण्डारी, ६७ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
३. ईश्वर राज भण्डारी, ५९ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
४. अनुज संगत, ४५ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
५. बुद्धि तामाङ, ५६ वर्ष, स्थायी ठेगाना खुलाइएको छैन
६. देवी बहादुर अधिकारी, ४३ वर्ष, धादिङ, गजुरी गाउँपालिका–८
७. रेशम सिजाली, ५४ वर्ष, बागलुङ, बेशीखोला गाउँपालिका–१

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्