विद्युत् आपूर्तिको दीर्घकालीन समाधान जलाशययुक्त आयोजना: गुरुङ



काठमाडौँ, २ जेठ —

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले बुढीगण्डकी र आधिखोला जस्ता जलाशययुक्त आयोजना नै विद्युत् आपूर्तिको दीर्घकालीन समाधान भएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभामा बजेटका प्राथमिकताहरू सम्बन्धमा बोल्दै उनले जलाशययुक्त आयोजना निर्माणमा जोड दिनुपर्ने धारणा राखे। “अबको आवश्यकता जलाशययुक्त आयोजना हो,” उनले भने, “निजी क्षेत्रलाई आह्वान गरेर यस्ता आयोजना अघि बढाउनुपर्छ।”

नेपालमा विद्युत् आपूर्तिको सन्तुलनका लागि यस्ता आयोजना आवश्यक रहेको उल्लेख गर्दै उनले भारतमा निर्भरता कम गर्न जलाशययुक्त आयोजना नै विकल्प भएको बताए।

प्रतिक्रिया दिनुहोस्