
काठमाडौँ, २ जेठ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग घटाउँदै लैजानु आवश्यक रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बजेटका प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै उनले नेपालको कृषि प्रणालीमा बढ्दो रासायनिक मल प्रयोगप्रति चिन्ता व्यक्त गरे। गुरुङले भने, “कृषिमा रासायनिक मलको प्रयोगलाई निकै हदसम्म घटाउनुपर्छ। प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ।”
उनले कृषिमा प्रयोग हुने विषादीले किसान र उपभोक्ता दुवैलाई असर पारिरहेको उल्लेख गर्दै, विषादीको प्रयोगसमेत घटाउनुपर्ने धारणा राखे।





