वर्षामा मात्र भर परेर कृषि प्रधान देश बन्न सकिँदैन : उपसभापति गुरुङ



काठमाडौँ, २ जेठ

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले केवल वर्षामा भर परेर नेपालले कृषि प्रधान देश बन्न नसक्ने स्पष्ट पार्नुभएको छ।

शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा (कर प्रस्ताव बाहेक) भाग लिँदै उहाँले नेपालको कृषि प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो। “हाम्रा किसानहरू अझै पनि आकाशे पानीमा निर्भर छन्,” उहाँले भन्नुभयो, “अब सिंचाइको भरपर्दो व्यवस्था गर्नैपर्छ।”

उहाँले कृषि योग्य जमिनमा सिंचाइ सुविधा पु¥याउनेतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “कृषि प्रधान देश भनिए पनि अहिलेसम्म पूर्ण सिंचाइको व्यवस्था गर्न सकिएको छैन, अब खेतीयोग्य जमिनमा व्यवस्थित सिंचाइ सुनिश्चित गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्